सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लघुवित्त कार्यक्रमले आत्मनिर्भर बनायो’

२०७६ मंसिर २५, ०८:४० खबर संवाददाता

धनगढी: कैलालीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड धनगढी, मोतिचोक शाखाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ। संस्थाले धनगढीमा एक कार्यक्रमको आयोजना गरेर समुह प्रमुखहरुसँग छलफल गरेको छ। महिलाहरुलाई वित्तिय साक्षरता दिने उदेश्यका साथ गोष्ठीको आयोजना गरेको उक्त संस्थाका शाखा प्रमुख भुवनराज भट्टले बताए।

कार्यक्रमको प्रमुख अतिथी रहेका धनगढी उपमहानगरपालिका– ३ का वडाअध्यक्ष बलबहादुर ऐरले लघुवित्त कार्यक्रमले पिछडिएका महिला तथा जनसमुदायहरुलाई घरदैलो बैंकिङ कार्यक्रम गर्ने गरेकाले महिलाहरु आत्मनिर्भर बनेको बताए। ‘लघुवित्तले देशभरिको गरिबी निवारणमा ठूलो टेवा पुर्याएको छ’ उनले भने। 

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि रहेका वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक पुष्करराज पन्तले लघुवित्त कार्यक्रमले पिछडिएका महिलाहरुलाई वित्तिय साक्षरता दिएको तथा महिलाहरुलाई आर्थिक हिसाबकिताबमा सक्षम बनाएको बताए। साथै उनले लघुवित्त कार्यक्रमलाई सहयोग गर्न आफु सदैव तत्पर रहेको बताए। कार्यक्रममा विभिन्न समुहमध्ये केहि उत्कृष्टलाई विभिन्न ५ विधाहरुमा नगद तथा सम्मान प्रदान गरिएको थियो। 

स्वदेशी लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको रास्ट्रिय स्तरको संस्था हो। यसका हाल देशभरी ८५ वटा शाखा रहेको र धनगढी शाखाले हालसम्म १०२ वटा केन्द्र निर्माणगरि १५०० वटा सदस्य वितरण गरेको छ। भने यसका ८६० जना ऋणी रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड धनगढी, मोतिचोक शाखा प्रमुख भुवनराज भट्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस