सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा दृष्टि फाउन्डेसनको चिया

२०७६ मंसिर २५, ०७:०९ खबर संवाददाता

धनगढीमा रहेको दृष्टि फाउन्डेसनले सुदूरपश्चिम महोत्सवमा चिया विक्रि गरिरहेको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २२ गते देखि सुरु भएको महोत्सवमा दृष्टि फाउन्डेसनले चिया विक्रि गरिरहेको हो। वेसहारालाई सहारा दिदै आएको दृष्टि फाउन्डेसनले महोत्सवमा चिया विक्रि गरि संकलन भएको रकम खाना तथा व्यवस्थापनमा खर्च गर्ने बताईएको छ।

महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघले निःशुल्क स्टल उपलब्ध गराएपछि चिया विक्रि गरेर केही मात्रामा आर्थिक व्यवस्थापन गर्न सहज हुने विश्वास लिएको दृष्टि फाउन्डेसनकी संञ्चालिका कल्पना भट्टले बताईन्। धनगढीमा रहेको दृष्टि फाउन्डेसनले सडकमा रहेका असहाय, मनोरोगी र अशक्त महिलालाई संरक्षण दिदै आएको छ।

कमेन्ट लोड गर्नुस