सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी चेली गौरिकाले सबैभन्दा बढी पुरस्कार पाउने, कति पाउँदैछिन उनी ?

२०७६ मंसिर २५, ०६:१४ खबर संवाददाता

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। 

सागमा पौडीकी गौरिका सिंहले एक भन्दा बढी स्वर्ण जितेकि थिइन।  गौरिकाले ४ स्वर्ण, थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ। यसरी हिसाबगर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’  

कमेन्ट लोड गर्नुस