सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको घोषणाः स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख

२०७६ मंसिर २५, ०४:१५ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका  छन्। त्यस्तै उनले प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख दिने घोषणा गरेका छन्।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिको हो। त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने घोषणा उनले गरेका हुन।

प्रधानमन्त्री केपी शर्मा ओली सागमा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएर पुरस्कार राशिको घोषणा गरेका हुन्। 

कमेन्ट लोड गर्नुस