सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा घरेलु उद्योगका १९ वटा स्टल मात्रै

२०७६ मंसिर २५, ०३:३८ रोशन भट्ट

धनगढीमा जारी १४ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा घरेलु उद्योगका स्टलको संख्या १९ मात्रै रहेको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले घरेलु उद्योगको लागि कोटा निर्धारण गर्न नसक्दा उपस्थीती न्युन देखिएको हो। १९ स्टल मध्ये पनि चार वटा प्रदेश बाहिरवाट आएका छन।

चार वटा घरेलु तथा साना उद्योग कार्यालय र अन्य चार वटा वाणिज्य कार्यालयको समन्वयबाट आएका छन्। तर सुदूरपश्चिमका सयौँको संख्यामा घरेलु उद्योग भएपनि आँफै महोत्सवमा स्टल राख्न ईच्छुक भएर सञ्चालन गरिएका स्टल भने सात वटा मात्रै छन्।

भाडामा सहुलियत नहुँदा घरेलु उद्योगको उपस्थीती न्यून रहेको गुनासो उद्योगतर्फ स्टल सञ्चालन गर्दै आएकी धनगढीकी धर्मा खड्काले गरिन्। हातले वुनेर तथा घरमै केही उपकरण प्रयोग गरि उत्पादन गरिएका समाग्रीलाई बजारीकरण गर्न मेला महोत्सवको आवश्यकता पर्ने गरेको भएपनि त्यसमा उनीहरुको उपस्थीती न्यून हुने गरेको छ।

चार सय स्टल राखिएको महोत्सवमा पाँच प्रतिशत पनि उद्योग तर्फका स्टल नभएपछि महोत्सवकै उद्देश्य पूरा हुनेमा पनि आशंका थपिएको छ। अहिले आयोजकले व्यापारिक स्टल भन्दा उद्योग तर्फका स्टलमा भाडा त कम लगाएको छ तर ग्रामिण क्षेत्रमा सञ्चालन भएका उद्योगलाई महोत्सवमा ल्याउन पहल भएको छैन्।

उद्योग तर्फका स्टल राख्दा आयोजकले प्रति स्टल आठ हजार भाडा लिईरहेको छ। अहिले सुदूरपश्चिम महोत्सवमा चार सय स्टल रहेका छन्। यस मध्ये १० प्रतिशत मात्रै स्टल घरेलु उद्योगलाई छुट्याइएको भए ४० वटा उद्योगले बजारीकरणका लागि मौका पाउने थिए।

तर आयोजक कैलाली उद्योग वाणिज्य संघका महा–सचिव ओम विष्टले भने यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारभाउ नहुदा स्टल पनि कम आएको बताए। महोत्सवमा घरेलु उत्पादनतर्फ मह, जडिवुटी, अल्लोका समान लगायतका हस्तकलाबाट निर्मित विभिन्न सामाग्रीहरु राखिएका छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस