सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएनडीपीले भन्यो, एसियामा मानव विकासमा उल्लेख्य सुधार तर असन्तुलित

२०७६ मंसिर २५, ११:४७ खबर संवाददाता

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडीपीले एसियामा मानव विकासमा उल्लेख्य सुधार भएपछि असन्तुलित भएको जनाएको छ। मंगलबार धनगढीमा युएनडीपिले मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक गर्दै एसिया प्रान्तमा मानव विकासमा उल्लेख्य सुधार भएपनि असन्तुलित रहेको जनाएको हो।

प्रतिवेदन अनुसार नेपालले मानव विकास सुचकांकमा केही सुधार गरेको छ। युएनडीपीको प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकांक मूल्य शून्य दशमलव ५७९ रहेको छ। गत वर्ष शुन्य दशमलव ५७४ रहेको थियो। सन् २०१९ को प्रतिवेदनमा २०१८ सम्मको अवस्था उल्लेख गरिएको छ।

मानव  विकास सुचकांक मूल्यका आधारमा एक सय ८९ मुलुक मध्ये नेपाल एक सय ४७ औँ स्थानमा छ। धनगढीमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मानव विकास प्रतिवेदन २०१९ को विमोचन गरेका थिए। भट्ट कार्यक्रमका प्रमुख अतिथि समेत थिए।

कार्यक्रममा युएनडीपीकी लैङ्गिक तथा समाजिक समावेशीकरण सल्लाहकार विनीता मगरले प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने युएनडीपीकै वैजन्ती गिरीसिहले स्वागत मनतव्य राखिन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठक, पत्रकार चित्राङ थापा, कानून व्यवसायी जानकी तुलाधर,समाजशास्त्र विषयका विद्यार्थी विजया जोशी, रामबहादुर चन्द  प्यानल डिस्कसन गरेका थिए। कार्यक्रममा नेकपाका प्रदेश सांसद पूर्णा जोशी, हर्क कुँवर लगायतको सहभागीता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस