सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फर्निचर उद्योगमा आगलागी, २५ लाखको क्षती

२०७६ मंसिर २५, ०७:१८ खबर संवाददाता

धनगढीको जोशी फर्निचर उद्योगमा गयराती आगलागी भएको छ। राती १ बजेर ५० मिनेटमा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का बसन्तराज जोशीले वडा नम्वर ३ पूरानो भन्सार रोडमा सञ्चालन गर्दै आएको जोशी फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको र झण्डै २५ लाखको क्षती भएको छ।

आगो नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा राती साढे तीन बजे नियन्त्रणमा आएको थियो। प्रहरी सहायक निरिक्षक नरेन्द्र भण्डारीको कमाण्डमा २५ जनाको टोली आगो नियन्त्रणका लागि खटिएको थियो।
 

कमेन्ट लोड गर्नुस