सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित दुईजना पक्राउ

२०७६ मंसिर २४, १०:१६ खबर संवाददाता

कैलाली: कैलालीमा लागुऔषध खैरो हिरोइन सहित दुईजना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका – ६ गुलराका २५ वर्षीय भरत साउँद र २४ वार्षीय राजुसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले टिकापुर नगरपालिका– ७ कालाकुण्डा सडकखण्डबाट उनिहरुलाई ३ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

पक्राउ गरिएका दुवैजना माथी कैलाली जिल्ला अदालतबाट म्याद थपगरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस