सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली फेरी अस्पतालमा, इन्फेक्सनको आशंका

२०७६ मंसिर २४, ०८:३३ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार साँझ फलोअप र मिर्गौलाको डायलासिसका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ। उनलाई मनमोहनको दोस्रो तलामा राखिएको छ।

प्रधानमन्त्री ओलीलाई इन्फेक्सनको आशंका गरिएको चिकित्सकहरूले बताएका छन्। उनलाई इन्फेक्सनको आशंका गरिएपछि सलाइन र इन्टिबायोटिक चलाइएको छ।  १० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको हो। 

उनको मनमोहनमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिँदै छ। यो उनको ९ पटकको डायलासिस हो। 

कमेन्ट लोड गर्नुस