सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हसिया देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ

२०७६ मंसिर २४, ०३:०६ खबर संवाददाता

कैलालीमा हसिया देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ सेलानीका २१ वर्षिय सुवाश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले घरेलु हसिया देखाउदै गाउँमा आतंक मच्चाएकाले पक्राउ गरिएको ईलाका प्रहरी कार्याल फल्टुडेले जनाएको छ। ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार भण्डारीले गाउँमा हसिया देखाउदै परिवार तथा छिमेकीलाई ज्यान मार्ने धम्की दिने गरेका थिए।

कमेन्ट लोड गर्नुस