सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा दुई जना घाइते

२०७६ मंसिर २४, ०२:१२ खबर संवाददाता

कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन्। जिल्लाको गौरी गंगा नगरपालिका वडा नम्बर ८ मसुरीया स्थित शिवशंकर कंक्रिट उद्योग नजिकै बसले ठक्कर दिंदा मोटरसाईकल चालक गोरीगंगा नगरपालिका वडा नम्बर १० उदासीपुरका ३६ वर्षीय जुगराम चौधरी र मोटरसाईकलमा सवार कैलारी गाउंपालिका वडा नम्बर ८ का २३ वर्षीय अनिल चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

मंगलबार पुर्व बाट पश्चिम तर्फ आइरहेको से ७ प १२०० नम्बरको मोटरसाईकललाई पश्चिम तर्फ नै आई रहेको कर्णाली यातायातको ना ६ ख ८४३१ नम्बको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाईते दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 
 

कमेन्ट लोड गर्नुस