सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवबाट टिकट बाहेक एक करोड बढी आम्दानी हुने

२०७६ मंसिर २४, १२:४७ रोशन भट्ट

धनगढीमा जारी १४ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा टिकट बाहेक एक करोड बढी रकम आम्दानी हुने भएको छ। महोत्सवको १४ औँ संस्करणबाट टिकट विक्री बापत हुने आम्दानी नजोडी एक करोड भन्दा बढी रकम संकलन हुने भएको हो। आईतवार देखि सुरु भएको महोत्सवमा अहिले आएर स्टल सङख्या बढेर चार सय पुगेको छ। चार सय स्टल मध्ये अटोमोवाईल्स तर्फ चार पाङग्रेका १२ स्टल छन्। प्रति स्टलको २५ हजार भाडा तोकिएको छ। यसबाट मात्र तीन लाख संकलन हुन्छ।

अटोमोवाईल्स तर्फ नै दुई पाङग्रेका ६ वटा स्टल छन्। प्रति स्टलको २० हजार भाडा तोकिएकोले एक लाख २० हजार संकलन हुन्छ। ठूला उद्योग प्रतिष्ठान चार छन् यसको भाडा १८ हजार कायम गरिएकोले ७२ हजार संकलन रकम हुन्छ। मझौला उद्योग प्रतिष्ठान २८ छन् र यसको भाडा १५ हजार तोकिएको छ। यसवाट पनि ४ लाख २० हजार संकलन हुन्छ। स्टल व्यवस्थापन समितिका संयोजक रवि कुँवरका अनुसार रेष्टुरेण्ट २९ वटा छन्। ‘प्रति स्टलको २२ हजार भाडा तोकिएको छ।

यसवाट ६ लाख ३८ हजार संकलन हुन्छ।’ उनले भने। नर्सरी, मौरी तथा कृषि जन्य वस्तुको स्टल भने एउटा मात्रै छ। उक्त स्टलबाट १० हजार रकम उद्योग वाणिज्य संघले भाडा वापत पाउने छ। साना हस्तकला तथा महिला उद्यमीका १२ स्टल राखिएकोमा ८ हजारका दरले ९६ हजार भाडा रकम संकलन हुने छ।

बैंक तथा विमा कम्पनीका ८ स्टल रहेकोमा १५ हजारका दरले एक लाख २० हजार, सरकारी कार्यालय तथा शैक्षिक संस्थाका ९ वटा स्टलको १५ हजारका दरले एक लाख ३५ हजार र दुई सय ७० भन्दा व्यपारिक स्टल राखिएकोमा १५ हजारका दरले ४० लाख ५० हजार रकम संकलन हुने कुँवरले बताए।

योसंगै महोत्सव भित्र विक्रि हुने आईक्रिम, कफी लगायतलाई दुई लाख १० हजारमा ठेक्कामा दिईएको छ। पानी र वदाम विक्रि गर्न पनि तीन लाख २५ हजारमा ठेक्का दिईएको छ। यो सबै जोडेर स्टल भित्रबाट मात्रै ६४ लाख ६९ हजार आम्दानी हुने देखिएको उद्योग वाणिज्य संघ कैलालीले जनाएको छ। सुदूरपश्चिम महोत्सवको आयोजकलाई यस बर्ष रमाईलो मेलाबाट १९ लाख आम्दानी हुने छ। गत बर्ष रमाईलो मेलाबाट २२ लाख आम्दानी भएको थियो।

प्रायोजकहरु बाट २० लाख र पार्कीङबाट २५ हजार संकलन हुने उद्योग वाणिज्य संघले जनाएको छ। आम्दानीका जम्मा स्रोतलाई हेर्दा टिकट बाहेक सुदूरपश्चिम महोत्सवबाट आयोजक कैलाली उद्योग वाणिज्य संघले एक करोड ४ लाख आम्दानी गर्ने देखिएको छ। यो संगै मुख्य प्रवद्र्धक र प्रवद्धकका रुपमा रहेका विभिन्न मन्त्रालय, पर्यटन वोर्ड, कैलालीका स्थानीय तह र विभिन्न संघ–संस्थाहरुले आर्थिक सहयोग गर्ने भएका छन्।

तर त्यो रकम भने नखुलेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। अफिसियल होटेलहरुले पनि महोत्सवमा आउने अथिति कलाकारहरुलाई खानवस्ने व्यवस्था गरेको अध्यक्ष कुँवरले बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस