सुदूरपश्चिम प्रदेशस्तरिय मानवअधिकार सञ्जालको संयोजकमा ढुंगाना
सुदूरपश्चिम प्रदेशस्तरिय मानवअधिकार सञ्जालको संयोजकमा अछामका टंकप्रसाद ढुंगाना चयन भएका छन्। सूदूरपश्चिमका मानवअधिकार रक्षकहरु बृहत भेलाले ढुंगानालाई संयोजक रहनेगरी १० सदस्यीय प्रदेश समिति चयन गरेको छ।
समितिको सदस्य सचिवमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रलेख अधिकृत कृष्णबहादुर विक चयन भएका छन्।
समितिको सदस्यमा बझाङका विरेन्द्र खड्का, बाजुराका सत्य शाह, कञ्चनपुरका होम योगी, दाचुलाका रामसिंह धामी, बैतडीका मोहन चन्द, डडेल्धुराकी पदमा भण्डारी, डोटीकी गीता नेपाली, कैलालीकी जुना चौधरी चयन भएका छन्।
त्यस्तै उक्त प्रदेशस्तरिय उक्त समितिको सल्लाहकारमा इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशी, मञ्जु बम र सिता विक चयन भएका छन। भेलाको अघिल्लो दुईदिन ९ वटै जिल्लाका मानवअधिकार रक्षकसंग अधिकार प्रर्वद्धन सुरक्षा तथा वर्तमान अवस्थाका बारेमा कार्यशाला समेत सम्पन्न गरिएको थियो।
डिसिएको सहयोगमा राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा उक्त कार्यशाला सम्पन्न गरिएको हो।