सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुलबारी महोत्सव पुस १३ देखि

२०७६ मंसिर २३, ०६:५७ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा यसबर्ष पनि फुलवारी महोत्सव हुने भएको छ।

पौष १३ गतेदेखि महोत्सवको चौथो सस्करण हुने आज आयोजक न्यु बुद्ध स्पोर्ट्स युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो। पौष २२ गते सम्म सञ्चलन हुने महोत्सवमा एक सय ५० को स्टल रहने आयोजक क्लवका अध्यक्ष महेश गोलेले बताए।

स्थानीय कला तथा परम्परागत सस्कृति झल्काउने खालका आदिवासी नमुना गाउँ पनि महोत्सवमा राखिने उनले बताए। अध्यक्ष गोलेले महोत्सवमा ४० लाखको कारोबार हुने बताए।

कमेन्ट लोड गर्नुस