सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई बजेट कार्यान्वयन गर्न लेखा समितीको निर्देशन

२०७६ मंसिर २३, ०६:५४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम सरकालाई बजेट कार्यान्वयन गर्न सार्वजनिक लेखा समितीले निर्देशन दिएको छ।  आज बसेको लेखा समितीको बैठकले आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को पूर्ण बजेट कार्यान्वयनको पक्षमा ढिलाई गरेको भन्दै उक्त निर्णय गरिएको सांसद तथा लेखा समिती सदस्य कर्णबहादुर मल्लले बताए। बजेट कार्यान्वयनको पक्ष ढिला भएका कारण जनतामा निराशा छाएको, जनप्रतिनिधीहरुमा अन्यौलता भएको तथा विकासमा बाधा भएको देखिएकाले सरकारले तत्काल बजेट कार्यान्वयनमा लैजानुपर्ने निर्देशन दिइएको उनले बताए। 

साथै बैठकमा आर्थिक वार्षीक प्रतिवेदन बनाएर हिउँदे सदनमा पेश गर्ने, लेखा समिती संचालन गर्ने कार्यविधि बनाउने  लयायतका महत्वपुर्ण निर्णय भएको मल्लले बताए। 

 

कमेन्ट लोड गर्नुस