सुदूर नेपाललाई विश्वसँग जोड्दै

पटेला सामुदायिक वन उभोक्ता समितिको साधारणसभा सम्पन्न

२०७६ मंसिर २३, ०५:५०

धनगढी: धनगढी उप–महानगरपालीका–७ पटेलामा रहेको पटेला सामुदायिक वनको १०औं साधारणसभा शोमबार सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन धनगढी उप–महानगरपालिकाका कार्यवाहक नगरप्रमुख हिरासिंह पातलीले गरेका थिए। कार्यक्रमा बोल्दै उनले पटेला सामुदायिक वन उपभोक्ता समितिले स्थानीय सरकारले पुरा गर्नुपर्ने कतिपय काम आफै गरेको बताए। 

‘पटेला समुदायिक वन उपभोक्ता समितिले वनबाट भएको आम्दानीले सडक कालोपत्रेसम्म गरेको छ’ कार्यवाहक नगरप्रमुख पातलीले भने, ‘आयआर्जन र गरिवी निवारणका क्षेत्रमा पनि काम गरेको पाइएको छ।’ कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिका– ७ का अध्यक्ष सिताराम रानाले पटेला सामुदायिक वनले नगरमै उत्कृष्ठ काम गरेको बताए।

‘स्थानीय सरकार संचालन ऐन २०७४ ले सामुदायिक वनको व्यवस्थापन, रेखदेख र नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ’ अध्यक्ष रानाले भने, ‘सामुदायिक वन स्थानीय सरकारको अभिन्न अंग पनि हो।’  त्यस्तै पटेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन चौधरीले आफुहरुको प्रयास सामुदायीक वनलाई गरिब र निमुखाको धन बनाउनमा रहने बताए।

कमेन्ट लोड गर्नुस