सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस कैलालीका नेता बोगटीको निधन

२०७६ मंसिर २३, ०३:२४ खबर संवाददाता

धनगढी– नेपाली कांग्रेस कैलालीका पूराना नेता डिल्लीसिंह बोगटीको निधन भएको छ। गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित आफ्नै निवासमा बोगटीको निधन भएको हो।

साविकको चौमाला गाविसका पूर्व सभापति समेत रहेका बोगटीको पार्थिव शरीरमा नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, कांग्रेस कैलाली जिल्ला सदस्य शेरबहादुर देउवा र नेपाली कांग्रेस नम्बर ४ कैलालीका सभापति दिनेशराज जोशीले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे। 

वोगटी अमर मावि बनबेहडाको पूर्व अध्यक्ष, कैलाली भिजन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सान्नीकोट मन्दीर विकास समितिका अध्यक्ष समेत रहेका थिए। नेपाल सांस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष तथा स्थानीय सुरत रावत ‘डोटेली कान्छा’ ले गौरीगंगाले एक कुसल अभिभावक गुमाएको बताए। 
 

कमेन्ट लोड गर्नुस