सुदूर नेपाललाई विश्वसँग जोड्दै

साग अन्तर्गत आज विभिन्न प्रतिस्पर्धामा स्वर्ण पदकको टुंगो लाग्दै

२०७६ मंसिर २३, ०९:३४ खबर संवाददाता

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार बक्सिङ्गसहितका खेलका विभिन्न प्रतिस्पर्धामा स्वर्ण पदकको टुंगो लाग्दैछ। बक्ङ्गिका कुल १६ स्वर्ण पदक मध्ये सोमबार ८ वटाको टुंगो लाग्ने भएको हो। नेपाली खेलाडी बक्सिङ्गका ९ स्पर्धामा फाइनलमा पुगेका छन्।

सोमबार महिला तर्फ ४८ केजी, ५४ केजी र ६० केजी तथा पुुरुष तर्फ ५९ केजी, ५६ केजी, ६४ केजी, ७५ केजी र ९१ केजी तौल समूहमा अन्तिम प्रतिस्पर्धा हुनेछ। आज नेपालकी ललिता महर्जनले ४८ केजी, मिनु गुरुङले ५४ केजी तथा संगीता सुनाले ६० केजी तौल समूहमा स्वर्णका लागि प्रतिस्र्पा गर्ने छिन्।

यस्तै पुरुष तर्फ ९१ केजीमा आशिष तिवारी र ६४ केजीमा भुपेन्द्र थापा मगरले स्वर्णका लागि खेल्ने भएका हुन्। सोमबार नै आर्चरीमा चार, क्रिकेटमा एक, लन टेनिसमा दुई, कबड्डी (महिला र पुरुष) मा दुई, फेन्सिङमा तीन तथा महिला फुटबलमा एक स्वर्णको टुंगो लाग्दैछ। यसैगरी सागमा पौडीका अन्तिम ८ स्वर्णको टुंगो सोमबार लाग्दैछ। यस्तै जुडोमा सात स्वर्ण पदकको टुंगो पनि सोमबार नै लाग्ने छ।
 

कमेन्ट लोड गर्नुस