धनगढीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु
धनगढीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।उपमहानगरपालिकाको वडा नम्बर २ बैयाबेहडीमा आज बिहान से६प २२११ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानीय ५५ वर्षीया पैदल यात्री शान्तीदेवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दिनेश खबरलाई जानकारी दिए।
मोटरसाईकल र चालक धनगढी २ बैयाबेहडीकै २१ वर्षीय गोविन्द सुनारलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।