सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी दिवसको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग

२०७६ मंसिर २२, ०७:०३ खबर संवाददाता

१२ औं निर्माण व्यवसायी दिवसको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। निर्माण व्यवसायी संघ कैलालीले दिवसको अवसरमा सहयोग गरेको हो। वडा नम्बर ७ मा रहको दृष्टि फाउन्डेसनलाई नेपाल निर्माण व्यवसायी संघका पुर्व उपाध्यक्ष एव परशुराम नगरपालिकाका प्रमुख भिम बहादुर साउदले २५ हजारको चेक हस्तान्तरण गरे।

सोही कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीले न्यानो कम्बल, न्यानो लुगा र झोलाका साथै नगद नौ हजार पाँच सय रुपँैया सहयोग गरेको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए। यस्तै दिवसको अवसरमा संघले परिषदमै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघका महासचिव दिनेश सिंहले बताए।

कमेन्ट लोड गर्नुस