सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरिका सिंहले जितिन् तेश्रो स्वर्ण

२०७६ मंसिर २२, ०५:१० खबर संवाददाता

पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्। 

ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ।

कमेन्ट लोड गर्नुस