सुदूर नेपाललाई विश्वसँग जोड्दै

साग महिला क्रिकेट : बंगलादेशलाई स्वर्ण, श्रीलंका २ रनले पराजित

२०७६ मंसिर २२, ०४:०३ खबर संवाददाता

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ। फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो। पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो। बंगलादेशका ४ जना  खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। जसमा निगार सुल्तानाले सर्वा्धिक २९ रन बनाइन्। 

जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रनमात्र बनायो। श्रीलंकाका लागि कप्तान हर्षिता माधवीले ३२ तथा लिहिनी अप्सराले २५ रन बनाइन्। अन्तिम ओभरमा श्रीलंकाले सात रन बनाउन नसक्दा हार ब्यहोरेको हो। उसले २ विकेट गुमाउँदा ४ रन मात्र जोड्यो। नेपाली महिला टिमले यो प्रतियोगितामा कास्य जितेको छ।
 

कमेन्ट लोड गर्नुस