सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव सुरु, पूर्व मन्त्री रावललाई सात बुँदे माग पेश

२०७६ मंसिर २२, ०३:३८ खबर संवाददाता

सुदूरपश्चिम महोत्सव आज देखि धनगढीमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले उद्घाटन गरे। महोत्सव उद्घाट समारोहका प्रमुख अतिथि समेत रहेका रावललाई आयोजक कैलाली उद्योग वाणिज्य संघले सात किलोको माला लगाउदै सात बुँदे माग समेत पेश गरेको छ।

उद्योग वाणिज्य संघले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्दै वैकल्पीक अन्र्तराष्टी«य विमानस्थलको रुपमा विकास गर्नुपर्ने विशेष औद्योगिक क्षेत्र स्थापना गर्नु पर्ने,

सुदूरपश्चिममा उद्योग स्थापना प्रोत्साहन स्वरुप दश वर्ष सम्म कर रहित क्षेत्र घोषणा गर्नु पर्ने, गौरिफन्टा नाकालाइ अन्र्तराष्ट्रिय नाकाको रुपमा विकास गरि सुदूरपश्चिम प्रदेशलाई चिनसंग जोड्ने नाका खुलाउनु पर्ने र प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका लागि धार्मिक पर्यटनको साथै खप्तड,

शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकिय क्षेत्रमा पुर्वाधारको विकास गरिनु पर्ने सात बुँदे माग रावलसँग राखेको हो। महोत्सव आउँदो पुष २ गते सम्म संञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।  
 

 

कमेन्ट लोड गर्नुस