सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

२०७६ मंसिर २२, ०१:४४ खबर संवाददाता

कैलालीको टीकापुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। गएराती ११ बजेर ५५ मिनेटमा  टिकापुर नगरपालिका ४ को अस्नेरीमा लम्की–टीकापुर सडक खण्डमा बिग्रिएर रोकि राखेको से १ क ४४३ नम्बरको ट्रकमा से ६ प ५४०९ नम्बरको मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २१ वर्षीय धु्रव शाहीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

बस्नेतका अनुसार उनको टीकापुर अस्पतालमा मृत्यु भएको हो। दैलेखको बिन्द्रासैनी नगरपालिका ४ घर भएका शाही  टीकापुरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ। 
  
 

कमेन्ट लोड गर्नुस