सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३औं सागः अंक तालिकामा नेपालको दोस्रो स्थान कायमै

२०७६ मंसिर २१, ०८:३५ खबर संवाददाता

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतको स्वर्ण संख्या १०० नाघेको छ। अंक तालिकामा शीर्ष स्थानमा रहेको भारतको शनिबार साँझसम्म स्वर्ण संख्या ११० पुगेको छ। 

दोस्रो स्थानमा रहेको नेपालको ४३ स्वर्ण छ।  ३० स्वर्णसहित श्रीलंका तेस्रो र २१ स्वर्णसहित पाकिस्तान चौथो स्थानमा छन्। ७ स्वर्ण बटुलेको बंगलादेश अंक तालिकाको पाँचौं स्थानमा छ। 

जारी सागमा अहिलेसम्म १ स्वर्ण मात्र जोडेको माल्दिभ्स छैठौं स्थानमा छ। त्यस्तै स्वर्ण्विहीन रहेको भुटान अंक तालिकाको पुछारमा छ। 

कमेन्ट लोड गर्नुस