सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा नेपाली विद्यार्थी बाथरुममा झुण्डिएको अवस्थामा फेला

२०७६ मंसिर २१, ०६:४९ खबर संवाददाता

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। तनहुँको गुढांदी घर भएका दीपेन्द्र खनाल आफू बस्ने घरको बाथरुममा मृत फेला परेका थिए। करिब ११ वर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया गएका साथीहरुसँग बस्ने उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनको मृत शरीरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न लगेको बताइएको छ। एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले परिवारको आग्रहमा मृतकको शवलाई प्रहरीको अनुसन्धानपछि अन्तिम संस्कारका लागि नेपाल पठाउन परिवार, वाणिज्य दूतावास तथा दूतावासको सहकार्यमा काम भइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस