सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी संगीतालाई कुस्तीको पहिलो स्वर्णले रुवायो

२०७६ मंसिर २१, ०६:०३ खबर संवाददाता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर २ की संगीताले कुस्तीमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।

शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा संगीताले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

उनी स्वर्ण जितेसँगै भावुक भएकी थिइन्। संगीता भक्कानिएर रोएपछि उनलाई प्रशिक्षक राजेन्द्र चन्द र सहयोगीले सम्हाल्नु परेको थियो। 
 

कमेन्ट लोड गर्नुस