सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेन्सन सुधारको विरोधमा फ्रान्समा हड्ताल

। फोटो स्रोत ।
२०७६ मंसिर २१, ०९:२२ खबर संवाददाता

फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ। स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ। धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ।

फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन्। नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ। तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने छ। पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी छन्।

राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ शुरु गर्न चाहान्छन्। उनको उद्देश्य फ्रान्सको मौजुदा पेन्सन स्किम लागू गर्ने हो। यद्यपि फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग–अलग पेन्सन स्किम लागू छ। उनीहरुको अवकासको उमेर हद र उनीहरुले पाउने सेवा सुविधा फरक–फरक छ।

कमेन्ट लोड गर्नुस