धनगढीमा प्रचण्डले भने – कर्मचारीले नेताको दिमाग खराब गरे
धनगढी: कैलालीको धनगढीमा आयोजित ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ को उद्घाटन गर्न पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको बताएका छन्।
सम्मेलनलाई सम्बोधन गर्दै उने कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन्। राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी भएको उने बताए।
कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको उनको जिकिर थियो। अध्यक्ष दाहालले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको आरोपसमेत लगाए।