सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम वित्तीय सम्मेलनु सुरु

२०७६ मंसिर २०, १२:४९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुदूरपश्चिम वित्तीय सम्मेलनु सुरु भएको छ। वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गर्नुभएको हो। नागरिकको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, स–साना बचत परिचालन गरी पुँजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यका साथ मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो। विषय विज्ञसहित चार सय ५० जनाको सहभागिता रहेको सम्मेलनमा वाणिज्य बैंक, विकास बैंक, सहकारी, जीवन तथा निर्जीवन बीमा संस्थान र निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत भइरहेको छ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, वित्तीय पहुँच पुग्न नसक्नुका कारण तथा चुनौती, वित्तीय पहुँच बढाउन गर्नुपर्ने काम लगायतको विषयमा समीक्षा भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस