सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार सबै विदेशी मुद्राको भाउ घट्यो

२०७६ मंसिर २०, १२:०० खबर संवाददाता

यो हप्ता विदेशी मुद्राको विनिमय दर लगातार घटेको छ।शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ।

हिजो डलरको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७५ पैसा रहेको थियो। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ। हिजो खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा थियो। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।

हिजो खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको थियो। ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ७४  पैसा रहेको थियो। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा छ।

हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको थियो। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा तोकेको छ। हिजो खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा रहेको थियो। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा पुगेको छ।

हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको थियो।  शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा रहेको छ।

हिजो खरिददर ३७५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७७ पैसा रहेको थियो। बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ३३ पैसा रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस