सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा सामान्य गिरावट

२०७६ मंसिर १९, ०८:१७

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला  २०० ले घटेको छ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला  ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला  ७१ हजार ७०० निर्धारण गरेको छ। बुधबार छापावाला सुन प्रतितोला  ७२ हजार २०० र तेजाबी सुन प्रतितोला  ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला  ८५० मा खरीदबिक्री भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो। -रासस

कमेन्ट लोड गर्नुस