सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा माछापालन तर्फ युवाहरुको आकर्षण

२०७६ मंसिर १९, ०२:५७ भुवन भट्ट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १ का पल्टु चौधरीले वार्षिक २ करोड ६८ लाख भुरा उत्पादन गरेर आम्दानी गरिरहेका छन्। साढे ३ बिघा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गर्दै आएका उनले वार्षिक रुपमा १५ लाख सम्म मुनाँफा कमाईरहेको बताए। २ वटा पोखरी बाट माछापालन सुरु गरेका चौधरीले अहिले १५ पोखरी निर्माण गरी माछापालन गरीरहेका छन्।

उनले अहिले ५ जनालाई रोजगारी समेत दिएका छन्। आफुले उत्पादन गरेका भुरा सुदूरपश्चिमका जिल्ला सहित अन्य प्रदेश बाट समेत खरिदाका लागि आउने गरेको उनले बताए। यस्तै कैलालीको गेटाका स्थानीय मानबहादुर चौधरी पनि बिगत २० वर्षदेखि माछापालनमा सक्रिय छन्। एक बिगाह क्षेत्रफलमा ताल बनाएर माछापालन सुरु गरेका उनले अहिले ७ विगाहमा १८ पोखरी निर्माण गरी माछापालन गरीरहेका हुन्।

माछापालन बाट परीवारको खर्च धानेर बचत समेत हुने गरेको छ। मनग्य आम्दानी हुन थालेपछि सुदूरपश्चिममा माछापालन व्यवसाय तर्फ युवाहरुको आकर्षण बढ्दै गएको हो। कैलाली, कञ्चनपुर सहित पहाडी जिल्लामा पनि माछापालन व्यवसाय विस्तारै फस्टाउँदै गएको हो। सुदूरपश्चिमका किसानलाई माछापालन तर्फ आकर्षित गर्न कैलालीमा मत्स्य विकास केन्द्र राखिएको छ। विस २०३६ सालदेखि भुरा उत्पादन गर्दै आएको मत्स्य विकास केन्द्र कैलालीले वार्षिक ढाई करोड भुरा बिक्रि गर्ने गरेको छ।

प्रदेशका ९ वटै जिल्ला तथा अन्य प्रदेशमा समेत भुरा निर्यात गरीरहेको मत्स्य विकास केन्द्रले वार्षिक ४० देखी ४५ लाख राजश्व संकलन गर्दै आएको मत्स्य विकास केन्द्र गेटा कैलालीका प्राविधिक सहायक महेश दत्त भट्टले बताए। उनले तालीमका माध्यमबाट समेत किसानहरुलाई आकर्षित गरिरहेको बताए। सुदूरपश्चिमका २५ सय कृषक व्यवसायीक रुपमा माछापालन व्यवसायमा लागेको उनको दावी छ।

अहिले कैलालीका साना तथा ठुला प्राकृतिक तालबाट १ सय ९४ जना किसानले माछापालन गरीरहेका छन्। कञ्चनपुरका ४८ तालबाट किसानहरुले माछापालन गरीरहेका छन्।

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस