सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी निकटका व्यक्तिलाई जागिर

२०७६ मंसिर १९, ०१:५० कमल सावद

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घांगलको कार्यालयमा कार्यरत भुवनीराज अम्मैको गत फागुन २६ गते कैलालीको गौरीगंगा नगरपालिकामा सरुवा भयो। उनको सरुवा भएको पत्र भने आएन्।

भुवनीराज ढिलो गरिमात्र गौरीगंगा नगरपालिकाको कार्यालयमा हाजिर भए। ढिलो गरि कार्यालय हाजिर भएका उनलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तराज जोशीले हाजिर हुन दिएनन्। कार्यालय सहयोगी पदका कर्मचार अम्मै अहिले गौरीगंगा नगरपालिका वडा नम्बर ९ को कार्यालयमा कार्यरत छन्।

सरुवा भएर आएका कर्मचारीलाई काम गर्न नदिने नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि ४५ बढी कर्मचारी करारमा भर्ना गरिएको नगरपालिकाले बताएको छ। मेयर भिमबहादुर देउवा सहित कर्मचारी निकटका व्यक्तिहरुलाई नगरको आवश्यकता विना भर्ना गरिएको पाइएको हो। ११ वडा रहेको नगरपालिकामा आवश्यकता भन्दा बढि कार्यालय सहयोगी, सव–ईन्जिनियर, हलुका सवारी चालक, बजार निरिक्षक, खेलकुद प्रशिक्षक लगायतका पदमा कर्मचारी करारमा भर्ना गरिएको हो। नगरपालिकाले नेपाल सरकारले सरुवा गरेर पठाईएका कर्मचारीलाई हाजिर लगाउन नदिएको पनि पाइएको छ।

करारमा भर्ना गरिएका कर्मचारी पनि नगरपालिकाले विना काम भर्ना गरेको भन्दै कार्यालयमा हाजिर हुन छाडेका छन्। नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा मात्र ११ कर्मचारी करारमा भर्ना गरेको छ। खेल प्रशिक्षकमा करारमा भर्ना गरिएका दुई जना मध्ये एक जनाले कर्यालय जानै छोडेका छन्। कुन खेलको प्रशिक्षकमा भर्ना गरिएको हो ? काम के हो ? भन्ने कुनै निश्चित नभएपछि खेलकुद प्रशिक्षकमा करारमा भर्ना भएका मिलन ओलीले कार्यालयमा जानै छोडेका हुन्।

करारमा भर्ना गरिएका केही कर्मचारी कार्यालयमा दैनिक हाजिर समेत नहुने गरेको आरोप लागेको छ। तर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जोशीले भने, नगरका लागि आवश्यक कर्मचारी मात्र भर्ना गरिएको  बताए। उनले आवश्यकता अनुसार सबै प्रक्रिया पूरा गरेर कर्मचारी थपिएको बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस