सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन प्रतितोला ८ सय रुपैंयाले बढ्यो

। फोटो स्रोत ।
२०७६ मंसिर १८, ०३:४८ खबर संवाददाता

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ। आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो। 

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ। आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो। स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ। रासस
 

कमेन्ट लोड गर्नुस