सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहद्धारा एक वर्षमा ५२ किलोमिटर सडक कालोपत्रे

२०७६ मंसिर १८, ११:५४ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको राजधानी, कैलालीका स्थानीय तहले गत आर्थिक वर्ष २०७५/०७६ मा झण्डै ५२ किलोमिटर मात्रै सडक कालोपत्रे गरेका छन्। अवौँको बजेट कार्यान्वयन गरेका जिल्लाका स्थानीय तहले एक वर्षको अवधीमा ५२ किलोमिटर सडक कालोपत्रे गरेका हुन्।

जिल्लाको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा दुई करोड खर्च गर्दै दुई किलोमिटर सडक कालोपत्रे गरेको छ। टुक्रे योजना छनोट गर्दै कालोपत्रे गरेको गाउँपालिकाले सबैभन्दा लामो सडक सात सय ६० मिटरलाई कालोपत्रे गरेको छ।

अन्य ६ सडक कालोपत्रे गरेको गाउँपालिकाले चलनचल्तीका सडकलाई प्रथमिकतामा पार्न सकेको छैन्। यस्तै जिल्लाको टिकापुर नगरपालिकाले पनि गत वर्ष चार किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ। टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले विभिन्न शाखा सडकहरुमा कालोपत्रेको योजना कार्यान्वयन गरिएको बताए। उनले स्थानीय तहले ठूला सडकमा लगानी गर्न नसक्ने भएकाले टुक्रे योजनालाई प्राथमिकता दिएको बताए। 

उता कैलालीको जोशीपुर गाउपालिकाले भने १६ सय मिटर सडक कालोपत्रे गरेको छ। जोशीपुर देखि टिकापुर जोड्ने सडक मात्र कालोपत्रे गरिएको दावी गाउँपालिकाको छ। तर जानकी गाउपालिकाले भने गत वर्ष तीन सय मिटर मात्रै सडक कालोपत्रे गरेको छ त्यो पनि स–साना योजना छनोट गर्दै कार्यकर्ता खुसी पार्नको लागि कालोपत्रे गरिएको देखिएको छ।

यता भजनी नगरपालिकाले पनि करोँडौँ बजेट खर्च गर्दै ११ सय मिटर सडक कालोपत्रे गरेको छ। सबैभन्दा लामो सडक तीय सय ६० मिटरको रहेको जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए। प्रदेशकै एक मात्र उप–महानगरपालिका धनगढीमा समेत गत वर्ष भरी १९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।

स–साना योजना छनोट गरि करोडौंको बजेट कार्यान्वयन गर्दा पनि सडक कालोपत्रेको प्रगती अपेक्षाकृत रुपमा हुन सकेको छैन्। प्रदेशकै राजधानी तोकिएको गोदावरी नगरपालिकाले पनि गत वर्ष नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ।

यस्तै गौरिगंगा नगरपालिकाले पाँच किलोमिटर सडक कालोपत्रे गरेको छ भने कैलारी गाउँपालिकाले पनि साढे तीन किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ। रणनितिक सडक वनाउने जिम्मा प्रदेश र संघीय सरकार भएको भन्दै टुक्रे योजनालाई प्रांथमिकता दिएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको भनाई छ। 

जिल्लाकै घोडाघोडी नगरपालिकाले पनि गत वर्ष साढे तीन किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ। तर लम्कीचुहा नगरपालिकाले भने कालोपत्रे सडकको विवरण दिन आनाकानी गरेको छ। कैलालीकै दुई पहाडी स्थानीय तह चुरे र मोहन्यालले गत वर्ष सडक कालोपत्रे गर्न सकेका छैनन्।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस