सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्लोबल र जनताको एकिकृत कारोबार मंसिर २० गतेदेखि शुरु

२०७६ मंसिर १८, ११:०० खबर संवाददाता

ग्लोबल आइएमई बैंक र जनता बैंकको एकिकृत कारोबार मंसिर २० गतेदेखि शुरु हुने भएको छ। ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्जर गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो।

उक्त प्रयोजनको लागि दुवै संस्थाहरुको सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएकाले मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटिएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बीएलबीबाट प्रदान गरिने सेवा बन्द रहने बैंकले सूचनामार्फत जानकारी गराएको छ।

दुवै बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाबाट ग्लोबल आइएमईले जनता बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि उनीहरु राष्ट्र बैंक गएका थिए। 
 

 

कमेन्ट लोड गर्नुस