सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा पूर्वाधार विकासको बजेट सामुदायिक भवनमा, सडकका योजना शुन्य

२०७६ मंसिर १७, ०७:२४ खबर संवाददाता

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कैलालीमा सामुदायिक भवन निर्माणलाई प्राथमिकतामा राखेर योजना छनोट गरिएका छ। निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वाधार विकास कार्यक्रममा सामुदायिक भवन र सभा हल निर्माणका योजनालाई उच्च प्राथमिकता दिइएको हो।

कार्यक्रम अन्तर्गतको ६ करोड मध्ये दुई करोड ७६ लाख ७० हजार सामुदायिक भवन र सभा हल निर्माणका योजनामा खर्च गरिदैछ। धनगढीका विभिन्न वडामा सामुदायिक भवन निर्माणका १३ वटा योजना छनौट गरिएको छ।

यस्तै चार वटा मन्दिरका योजनामा ४० लाख बजेट राखिएको छ। धनगढीका १२ वटा वडामा सिँचाइका ५० लाख लागतका योजना छनौट गरिएको छ। धनगढी–१८, स्थित फुलबारी क्याम्पसको पर्खाल निर्माणका लागि ५० लाख र अन्य दुई वटा विद्यालयका लागि ३० लाख विनियोजन गरिएको छ।

यस्तै शिवनगर खानेपानी आयोजना निर्माणमा ५० लाख तथा धनगढी–१३, राना संग्रहालय निर्माणमा ५० लाख विनियोजन गरिएको छ। कुल २५ योजना छनौट गरिएको छ। जनताको मागको आधारमा सामुदायिक भवनका योजनाहरु बढी परेका छ। सडक निर्माणका योजना भने एउटा पनि परेको छैन्।

जनताको माग अनुसार योजना छनौट गरिएको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ का सासंद नारदमुनी रानाले बताए। रानाले शिक्षा, खेलकुद, खानेपानी लगायत पूर्वाधारलाई प्राथमिकता दिएको दावी गरे। 
 

कमेन्ट लोड गर्नुस