सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवा आश्रमलाई न्यानो कपडा सहयोग

२०७६ मंसिर १६, ०९:१९

कैलाली: कैलालीमा रहेको मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखालाई न्यानो कपडा सहयोग गरिएको छ। चिसो बढेसँगै आश्रममा रहेका घरबार विहिन तथा बेसहाराहरुका लागी भनेर न्यानो कपडा सहयोग गरिएको हो। आश्रमलाई धनगढीमा रहेका विभिन्न व्यवसायीहरुले कपडा प्रदान गरेका छन्।

कपडा सहयोग गर्नेहरु मध्ये धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलक खतीवडाले २१ थान हुड, आरती हौजियरीका संचालक सरोज खनालले १९ थान ट्राउजर,  सिंह जनरल स्टोरका संचालक हर्कबहादुर सिंहले २० थान टोपी र पुष्पान्जली जनरल स्टोरका संचालक बिनोद जिसीले १ पोका हुड हाइनेक प्रदान गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस