सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेकपाले तोक्यो सात वटै स्थानीय तहमा इन्चार्ज

२०७६ मंसिर १६, ०८:४० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सात वटै स्थानीय तहमा इन्चार्ज तोकेको छ। पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इन्चार्ज तोकेको हो।

सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर नेकपा डडेल्धुराले स्थानीय तहमा इन्चार्ज तोकिएको बारेमा जानकारी गराएको हो। परशुराम नगरपालिकाको इन्चार्जमा हरिप्रसाद भट्ट, अमरगढी नगरपालिकाको इन्चार्जमा करुणकर ओझालाई तोकिएको छ।
नवदुर्गा गाउँपालिकाको इन्चार्जमा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउँद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इन्चार्जको जिम्मेवारी दिइएको नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह मालले जानकारी दिए।

गाउँ तथा नगर क्षेत्रमा पार्टीको संगठन सुधार र सुव्यवस्थित गर्नका लागि सबै नगरपालिका र गाउँपालिकामा इन्चार्ज तोकिएको उनको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस