सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने वित्तिय सम्मेलनको तयारी तिव्र

२०७६ मंसिर १६, ०२:३७ रोशन भट्ट

धनगढीमा आयोजना हुने वित्तिय सम्मेलनको तयारी तिव्र पारिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तिय सम्मेलनको तयारी तिव्र पारिएको जनाएको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत वित्तिय सम्मेलन बारे जानकारी दिएको हो। वित्तिय पहुचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता भन्ने नाराका साथ धनगढीमा मंसिर २० गते वित्तिय सम्मेलन आयोजना हुने आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बताए।

‘प्रदेशमा आधुनिक बैंङकिङ प्रणाली लागु गर्नको लागि यो सम्मेलन कोसे ढुङ्गा सावित हुन्छ,’ मन्त्री वोहराले भने, ‘आर्थीक समृद्धिका लागि वित्तिय पहुँच अनिवार्य हुनुपर्छ।’ यो संगै वचत परिचालन गरि पूजी निर्माण गर्ने, सम्भाव्य योजनामा कर्जा लगानी अभिबृद्धि गर्ने लगायतका उद्देश्य राखिएको आयोजक सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

सम्मेलनको उद्धघाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने कार्यक्रम रहेको छ भने सम्मेलनमै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, पर्यटन मन्त्री, श्रम तथा रोजगार मन्त्री, अर्थ मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, स्थानीय तहका प्रमुखहरु लगायत वित्तिय क्षेत्रमा सरोकार राख्ने सबैको सहभागिता रहने बताईएको छ।

सम्मेलन तीन सत्रमा संञ्चालन हुने आयोजकले जनाएको छ। झण्डै ३६ लाख खर्च अनुमान गरिएको सम्मेलन मार्फत सबै स्थानीय तहमा बैंक स्थापना गर्न मद्दत पुग्ने दावी गरिएको छ। अहिले सुदूरपश्चिमका ८८ स्थानीय तह मध्य ८३ वटामा मात्र वित्तिय पहुँच पुगेको छ। यसै सम्मेलन मार्फत नै धनगढी घाषणा पत्र जारी गरिने आयोजक आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस