सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी

फाईल फोटो
फाईल फोटो
२०७६ मंसिर १५, ०४:३२ खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का एक स्थानीयको घरमा आगलागी भएको छ।

आईतबार दिउँसो एक्कासी आगो सल्किदा करैचा शान्तिटोलका स्थानीय नरेन्द्र धामीको घरमा आगलागी भएको हो। भान्साको नजिकैबाट सल्किएको आगो पराल र भुसामा सल्किएपछि पुरै घरमा आगलागी भएको धामिले बताए। आगलागीबाट घर छेउमा राखिएको खेत जोत्ने ट्याक्टर, पानी तान्ने इन्जिन, सिँचाईको लागि राखिएको ४÷५ वटा पाईपका बण्डलहरु पुरै जलेर नष्ट भएका छन्।

आगलागीबाट करीब १६ लाख बराबरको क्षती भएको उनले बताए। उनले वर्षभरी खान पुग्ने धान, गहुँ, लत्ता कपडा लगायत गाईगोरु बाख्रा, कुखुराको खोर जल्नुका साथै पुरै घर जलेर खरानी भएको बताए। घरका सदस्यहरु खर काट्न बाहिर गएका बेला आगलागी भएको उनको भनाई छ।  

कमेन्ट लोड गर्नुस