सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपनिर्वाचन: सुदूरपश्चिममा ७० प्रतिशत मतदान

२०७६ मंसिर १४, ०६:५८ खबर संवाददाता

उपनिर्वाचन अन्तरगत सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि आज मतदान भएको छ। ७ वडामा भएको निर्वाचनमा झण्डै ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्। कञ्चनपुर पुर्नवास नगरपालिका ३ मा ७७ प्रतिशतले मतदान गरेका छन्। खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी थिईन्। उता अछामको मेल्लेख गाउँपालिका ५ मा पनि मतदान सम्पन्न भएको छ। सो वडामा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए। 

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन्। उता बाजुराको त्रिवेणी नगरपालिका–१ मा ७ सय २७ मत खसेको छ। उता बैतडीका तीन वडाका लागि मतदान भएकोमा ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अछाम मेल्लेख गाउँपालिका वडा नम्वर ५ मा २, कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ३ मा ४, डोटीको आदर्श गाउँपालिका वडा नम्वर २ मा ४, बैतडी डोगडाकेदार वडा नम्वर ४ मा ३, सुर्नाया गाउँपालिका वडा नम्वर १ मा २, पुर्चौडी नगरपालिका वडा नम्वर ४ मा ३ र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ३ मा ३ जना उम्मेदवारी चुनावी मैदानमा छन्। सबै वडाहरुमा आजै मतगणना सुरु हुने निर्वाचन अधिकृतहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस