सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको छतारामा उपचुनावः ७ सय मत खस्यो, ७ बजेबाट मतगणना

२०७६ मंसिर १४, ०६:०६ प्रकाश सिंह

बाजुराः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा रहेको छतारा देवी आधारभुत विद्यालयमा भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ।

बिहान ७ बाट शुरु भएको मतदान प्रक्रिया साझ ५ बजे सकिएको मतदान अधिकृत भोलाराज रेग्मीले बताए। वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये सात सय २७ मत खसेको उनले बताए। तिमध्ये तीन सय ४४ पुरुष र तीन सय ८३ महिला रहेको रेग्मीले बताए। 

वडामा रहेका कुल मतदाता मध्य तीन सय १२ मत खसेनन्। रोजगारीका लागि भारत गएका कारण ती मत नखसेको बताइएको छ। मतदानमा शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिएका छन्।  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाका बिच उपनिर्वाचन भएको न्यौपानेले बताए। 

उपनिर्वाचन सम्पन्न भएपछि मतपत्र मुख्य निर्वाचनको कार्यालय त्रिवेणी नगरपालिकामा लगिएको छ। मुख्यनिर्वाचनको कार्यालयमा सर्वपक्षीय सहमतीपछि ७ बजेबाट मत गणना सुरु गरिने  सहायक मतदान अधिकृत लोकबहादुर रावलले बताएका छन्। 

बाजुरको एउटामा वडामा मात्र उपनिर्वाचन रहेको थियो। तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको भएपछि त्रिवेणी नगरपालिका–१ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन भएको हो। २०७४ को स्थानीय तहको  निर्वाचनमा ३ सय ६५ मत प्राप्तगरी उनी विजयी भएका थिए। यसपाली उक्त वडाको उपनिर्वाचनमा ३ जनाले उम्मेद्वारी दिएका थिए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस