धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ
धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन्। धनगढी उप–महनगरपालिका वडा नम्वर ५ जाई बस्ने २८ बर्षीय ईन्द्रजित धामी, वडा नम्बर ८ बस्ने १८ बर्षकी एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उप–महनगरपालिका १ बस्ने १९ बर्षकी मोनिका थापा भन्ने मोनिका बुढालाई प्रहरीले पक्राउ गरेको हो।
गयराती धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पुष्पान्जली होटलमा लागु औषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
होटलको कोठा नम्बर ७०१ मा रहेका उनीहरुको साथबाट ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए। तिनै जनालाई पक्राउ गरी लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।