सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्यु

२०७६ मंसिर १२, ०६:५६ खबर संवाददाता

कैलालीमा ट्याक्टरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ४ मुनुवाचोकमा ट्याक्टरले ठक्कर दिदा स्थानीय खेमराज चौधरीकी ११ बर्षीया छोरी समिक्षा चौधरीको मृत्यु भएको हो। 

टिकापुर नगरपालिका १ बस्ने ४४ बर्षीय तुलाराम चोधरीले चलाएको से १ त ३९०४ नम्वरको ट्याक्टरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी साईकलमा सवार थिईन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार चालक फरार छन्। उनको खोजी कार्य भईरहेको र ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस