टेण्डर पार्न धनगढीको अमित मेडिसिनद्वारा कर चुक्ता प्रमाणपत्र किर्ते
टेण्डर हत्याउन धनगढीको अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको भेटिएको छ। गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भेटिएको हो।
अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेका थिए। सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फले हस्ताक्षर रहेका छन्। तर उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको खुलेको हो।
सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाईएको हो। यस्तै अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको छ।
आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले सो बारेमा अनुसन्धान भईरहेको र दोषी देखिए कारवाहीको प्रक्रिया अगाडी बढ्ने बताए। किर्ते प्रमाणपत्र भेटिएपनि सञ्चालकलाई भने पक्राउ गरिएको छैन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले आन्तरिक राजश्व कार्यालयसंग सो बारेमा समन्वय हुने बताए। यता अमित मेडिसिन डिस्ट्रीब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेतले भने आफुलै कुनै कागजात किर्ते नगरेको बताउँदै फसाउने चलखेल भईरहेको बताए।
तर गेटा आँखा अस्पतालमा उनले बर्षाैदेखि औसधी आपुर्तीको टेण्डर पाउँदै आएका छन्। आँखा अस्पतालका कर्मचारीसंगको मिलोमतोमा उनले टेण्डर पाउँदै आएको श्रोतले जनायो।