सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि फाउन्डेसनद्वारा डडेल्धुराबाट ४५ दिने शिशुको उद्वार

२०७६ मंसिर ११, ०८:४६

कैलाली: दृष्टि फाउन्डेसन नेपाल सेवा घर धनगढीले ४५ दिने शिशुको उद्वार गरेको छ। डडेल्धुरा अस्पतालमा आमाले छोडेर गएको अवस्थामा फेला परेको शिशुलाई फाउन्डेसले उद्वार गरी हेरचाह गरीरहेको फाउन्डेसनकी संचालिका कल्पना भट्टले बताइन । 

‘सडकमा जन्म लिएर विभिन्न समस्या झेल्दै गरेको अवस्थामा फेला परेको शिशुलाई डडेल्धुराका जिल्ला समन्वय समिति संयोजक गणेशदत्त भट्टको पहलमा उद्वार गरीएको हो’ उनले भनीन। फाउन्डेसनमा रहेको उक्त शिशु अहिले स्वस्थ्य रहेको उनले बताइन। 

दृष्टि फाउन्डेसनले विगतदेखीनै सहाराविहीनहरुलाई संरक्षण दिँदै आएको छ। 

कमेन्ट लोड गर्नुस