धनगढीमा प्रहरीद्धारा झण्डै ४२ हजारका भन्सार छलीका कपडा बरामद
धनगढीमा प्रहरीले झण्डै ४२ हजार मूल्य बराबरका भन्सार छलीका कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले भन्सार छली लैजादै गरेको अवस्थामा भन्सारी छलीका कपडा बरामद गरिएको जानकारी दिए।
अस्थायी प्रहरी चेकपोष्ट चटकपुरको समन्वयमा अत्तरियातर्फ गईरहेको वीङगर गाडीमा लैजादै गरेको अवस्था ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ। जेन्स जकेट, बच्चाका जकेट, लेडिज जकेट लगायतका सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ। तर सामान ओसारपसार गर्ने मान्छे भने भागेको प्रहरीले जनाएको छ।