बैंकबाट १९ लाख बढी चोरी, कर्मचारी संलग्न भएको आशंका
राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ।
नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए।
अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसकेको उनले जनाए। त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’ उनले भने। पक्राउ परेका सबै नेपाली नागरिक हुन्।
दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ। रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्।
त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले बतायो। यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ।